बिर्तामोड / झापाको गौरीगञ्ज गाउँपालिका - ५ फत्तेपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शिवलाल सिंह गनगाईको छोरा १७ वर्षीय रोहित सिंह गनगाईँ रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ८ बजे छिमेकीको बिहेमा जेनरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।






































