काठमाडौँ / काठमाडौँ महानगरपालिका- १० बाट मोबाइल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङ गा. पा .वडा न -५ घर भई हाल बौद्ध बस्दै आएका बिक्की अर्याल र काभ्रे पाँचखाल -४ घर भई हाल बागबजार बस्दै आएका राम श्रेष्ठ रहेका छन् । श्रेष्ठ भने लुटपाट गरि ल्याएको मोबाइल जानी जानी खरिद गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरूलाई नँया बानेश्वर चोक नजिकै रहेको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोबाइल र नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वर जनाएको छ ।






































