भद्रपुर / ( रेवती घिमिरे ) जथाभावी फ्याल्ने प्लास्टिक व्यवस्थापनको दीर्घकालिक समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार लगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।

सेवाकेन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको नेतृत्वमा सोमवार निस्केको स्थानीय प्रहरी सहितको  टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित ट्े्रड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपासमा  सरसफाइ  गरिएको हो ।

पान पराग गुड्काका खोल जथाभावी नफालौँ, घरबाट निस्कने फोहोरीलाई एकै ठाउँमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्टा छुट्टै राखी व्यवस्थापन , सफा र स्वच्छ चन्द्रगढी बजार बनाऔ जस्ता विभिन्न नारहरु समेटिएको प्ले कार्ड सहित निस्केको टोलीमा सहभागीहरूले सरसफाइ गरेका हुन ।

घरबाट निस्कने जथाभावी फालिने फोहोरका कारण मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका विभिन्न रोगहरू लागेर मानिसको अकालमा मृत्यु सम्म हुने भएकोले समयमै यसको व्यवस्थापन गर्नु पर्ने अध्यक्ष पाठकले बताए । प्लाष्टिकलाई जलाएमा बाताबरणलार्इृ असर गर्ने र जथाभावी फाल्नाले जमिनलाई समेत नोक्सान गर्ने भएकोले सबैले प्लाष्टिकको दीर्घकालिक समाधान गर्नु पर्ने उनको भनाई छ ।

सहभागीहरूले घर तथा आआफ्नो पसल आसपासको क्षेत्रमा सफा र स्वच्छ वतावरण बनाउन सबैले बिरुवा रोप्नु पर्ने मा समेत जोड दिएका छन् ।

कार्यक्रममा भद्रपुर ७ ,८ र १० का वार्ड अध्यक्षहरु क्रमशः अभिषेक ढुङ्गाना, मनोज सुब्बा गौरव , टेकबहादुर खड्का काजी , ट्राफिक प्रहरी कार्यलय चन्द्रगढी तथा स्थानीय प्रहरी लागयत को सहभागिता रहेको थियो । सचिव धनप्रसाद सिवाकोटीले सहजकिरण गरेको कार्यक्रममा जिल्ला प्हरी कार्यलयका बरिष्ठ सई प्रविण भट्टराईले मन्तव्य राखेका थिए ।