झापा / दाङमा एक महिलाले अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । दाङको घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानको हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।






































