झापा / पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।





































