काठमाडौं / कस्तुरीको विना जस्तो देखिने वस्तु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्क बस्दै आएका जुम्ला सिंजा गाउँपालिका- ४ घर भएका ४९ वर्षीय नर बहादुर बूढा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका- ३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको विना बेचबिखन तथा ओसारपसार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर बहादुरको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । सोमबार दिउँसो पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि बन कार्यालयमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.