झापा / मकवानपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं ९ का वडाध्यक्ष भुवन सिंह घलान रहेका छन् ।
file photo
झापा / मकवानपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं ९ का वडाध्यक्ष भुवन सिंह घलान रहेका छन् ।
पीडित बालिकाले असार १८ गते आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष घलान विरुद्ध पीडितले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी एसपी सुरेन्द्र बहादुर गुरुङका अनुसार असार २८ गते दिउँसो हेटौँडा बजारबाट आरोपित वडा अध्यक्ष घलानलाई प्रहरीले गिरफ्तार गरेको थियो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद अन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौँडा आएकी कालिका माविकी छात्रालाई हेटौँडा उपमहानगरपालिका–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राती यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताएको छ । आरोपित वडा अध्यक्ष घलानलाई प्रहरीले असार २८ गते जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशमा पाँच दिन हिरासत मै राखी आवश्यक अनुसन्धान गरिने एसपी गुरुङले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.