विराटनगर / मोरङको विराटनगर महानगरपालिका –२ स्थित नाङ्लो मःमः रेस्टुरेन्टमा आगलागी भएको छ । इश्वर बास्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।
आगलागीबाट क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । होटलको ग्यास सिलिन्डरको पाइपल लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।




































