झापा / सुर्खेतको भेरिगंगा नगरपालिका छिन्चु बजारबाट रुकुमतर्फ लैजान लागिएको ६४ बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।
‘गाडीमा ६४ बोरा मल भेटिएको हो । हामीले उहाँहरूसँग बिल मागेका थियौं । २४ बोराको बिल देखाउन उहाँले सक्नुभएन ’, प्रहरी निरीक्षक राईले भने, ‘आज कार्यालय समयमा थप कारबाही गरेर राजश्व कार्यालय नेपालगञ्जमा २४ बोरा पठाइदिन्छौं ।’






































