बिर्तामोड / १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कराँते प्रशिक्षक विराटनगर महानगरपालिका- ३ निवासी ५० वर्षीय विनोद राउत र उनका साथी सुरज सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए ।
सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाले बताए ।
प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटकपटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।






































