काठमाडौं / भारतमा जारी साफ यु- २० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुवनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ ।

दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो । नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.