आज बिहान साढे १० बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनिनुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बू र योङहाङको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।





































