काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ठूलो अङ्कले घटेको छ ।आज सेयर बजार परिसूचक नेप्से ४५.४२ अङ्कले घटेर २०६०.७३ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.६८ अङ्कले घटेर ३९६.४२ बिन्दुमा पुगेको छ ।




































