बिर्तामोड / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका -९ बस्ने २० वर्षीय दिपेश बिक रहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका -९ बस्ने २० वर्षीय दिपेश बिक रहेको प्रहरीले जनाएको छ ।
झापाको अर्जुनधारा नगरपालिका -११ नयाँ बसपार्कस्थित ताप्लेजुङ/पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई मंगलबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.