एजेन्सी / कतारमा हुने फिफा विश्वकप २०२२ निर्धारित समयभन्दा एक दिन अघि अगाडि सारिएको छ । नोभेम्बर २१ हुने सुरु हुने तय भएको खेल २० मै सुरु हुने भएको हो । नेपाली पात्रोअनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ । जुन दिन नेपालमा सरकारले संघीय निर्वाचन घोषणा गरेको छ । जसअनुसार नेपालमा संघीय निर्वाचन हुने दिन नै विश्वकप फुटबल सुरु हुने भएको हो ।




































