एजेन्सी / इजरायलको जेरुसलममा एक अज्ञात ब्यक्तिको गोली प्रहारबाट ८ जना घाइते भएका छन् । जेरुसलमको पश्चिमी क्षेत्रको जुदासिनममा तीर्थ यात्रुहरू चढेको बसमा प्रवेश गरेका ब्यक्तिले बसमा सवार यात्रुहरूमाथि अन्धाधुन्द गोली प्रहार गर्दा यात्रुहरू घाइते भएका हुन् । घाइते हुनेमा एक गर्भवती महिला सहित अर्का एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।






































