काठमाडौँ / काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई अवरुद्ध गरेपछि बन्चरेडाँडामा तनाव भएको छ । बुधबार उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई बन्चरेडाँडामा स्थानीयले अवरुद्ध गरेपछि तनाव भएको हो ।
स्थानीयले विरोध गरे पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको जनाइएको छ । काठमाडौँबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए ।
प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । फोहोर बोकेका गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा प्रहरीले केही सेल अश्रुग्यास र ५ राउन्ड हवाईफायर गरेको थियो ।






































