झापा / प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण माग गरेको छ । 

समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण उपलब्ध गराउन आदेश दिएको हो ।

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो। 

प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दा बढी सदस्यले महाभियोग प्रस्ताव पेश गरेका थिए ।

1-11-1