काठमाडौँ / राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बाेलाइएकाे छ । संघीय संसद्का दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो ।
राष्ट्रपति भण्डारीले उक्त विद्येयकमा पुनर्विचारको लागि नागरिकता विद्येयक सन्देश सहित फिर्ता पठाएकी थिईन । तर, प्रतिनिधिसभाले भने त्यसमा संशोधन बिनै फेरी हुबहु पारित गरेको छ ।





































