काठमाडौं / विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आइतबार राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।





































