काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब ५ सय ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब ५ सय ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका -७ घर भई काठमाडौं महानगरपालिका -६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.