झापा / चितवनको माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका -२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।
झापा / चितवनको माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका -२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।शनिबारदेखि हराएका अधिकारी आज बिहान ८ः ३० वजे मृत भेटिएका हुन् ।शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.