झापा  / काभ्रेमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

बेथानचोक गाउँपालिका –४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा आमा र छोराछोरीको मृत्यु भएको हो।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार मृत्यु हुनेमा आमा ६५ वर्षीय ठूलीमाया तामाङ ‘लुदुलुङ’, ४४ वर्षीय छोरा निरबहादुर तामाङ, ४० वर्षीया छोरी सावित्री तामाङ रहेका छन् । 

निरबहादुर र साबित्रीको घटनास्थलमै मृत्यु भएको थियो भने ठुलीमायाको बनेपाको शिमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रजिअ सुनारले जानकारी दिए । 

घरमा सुतिरहेको अवस्थामा राति साढे १ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको थियो । प्रजिअ सुनुवारका अनुसार पहिरोले पुरिएको खबर पाए लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र स्थानीय उद्धारमा जुट‍ेका थिए।