काठमाडौं / अर्काको नाममा गाडीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका -६ घर भएका २६ वर्षीय सविन अधिकारी रहेका छन् । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे गाडीको ट्रायल परीक्षा दिन लागेका अधिकारी मंगलबार दिउँसो पक्राउ परेका हुन् ।





































