काठमाडौँ / छोराको हत्या गरि फरार रहेका आरोपी बाबु आज पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–११, विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका -११ इन्द्रपुरस्थित गाउँबाट उनलाई पक्राउ गरेको हो ।





































