बिर्तामोड / झापाको भद्रपुर नगरपालिका -४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० वर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० वर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका- ४ डांगीवारीबाट पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।





































