बिर्तामोड / प्रतिबन्धित लागूऔषध सहित झापाको बुद्धशान्तिबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवल गाउपालिका -१ घर भई हाल जिल्ला झापा बुद्धशान्ति गाउपालिका -३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् । शनिबार बेलुका लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लेसाइलो पदार्थ १०२ ग्राम सहित फेला पारी पक्राउ गरेको हो ।
हुसेन पक्राउ गरि सोधपुछ गर्दा जिल्ला झापा मेचीनगर -८ बस्ने बिकाश राजवंशी सहित भारतमा गई खरिद गरी ल्याएको भनी बताएकोले बिकाश राजवंशी समेतको घरकोठामा गई चेकजाँच गर्दा कोठामा लुकाई छिपाइ राखेको ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेकोले हुसेनलाई नियन्त्रणमा अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार बिकाश राजवंशी घरमा नरहेकोले खोजी कार्य भइरहेको छ





































