झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सवार गाडीमाथि आक्रमण भएको छ । आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको हो । अध्यक्ष लामिछानेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाइदिएका छन् ।

राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका लामिछानेको गाडीको अगाडिको भाग फुटेको छ । सवारीमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन । सभापति लामिछानेले ढुंगा प्रहार गर्नेमाथि कारबाहीको माग गरेका छन् ।