पर्सा  /  पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय इजाजत अहमद रहेका छन् । 

भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका अहमदलाई मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका –२ दसौतास्थितबाट १५ हजार थान नक्कली मतपत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। 

यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।