काठमाडौँ / चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा परि मृत्यु भएको छ । चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार बिहान काठमाडौं फर्कदै थिए ।५ः३० बजेको समयमा राप्ती नगरपालिका- ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।
माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माको गाडीमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेको छ । पछिल्लो समय दलितका मुद्दाहरूमा उनी सक्रिय भएर काम गरिरहेका थिए ।






































