झापा / निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् ।
हुलहुज्जत, विस्फोट र आगजनीजन्य गतिविधिबाट मतदानमा अवरोध पुर्याउन खोजेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ, डोल्पा, रोल्पा, बर्दिया, पूर्वी नवलपरासी र दाङबाट १–१ जना, सर्लाही र जाजरकोटबाट २–२ जना, पर्सा, रौतहट, कास्की, रुकुमपश्चिम र दार्चुलाबाट ३–३, अर्घाखाँची र भक्तपुरबाट ४–४ , मकवानपुरबाट ७, कञ्चनपुरबाट ८ जना र काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।






































