बुद्धशान्ति / घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
महिला तथा घरेलु हिंसा, लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनीकरणका निम्ति सचेतना फैलाउन सहयोग पुग्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको बुद्धशान्ति गाउपालिका वडा नं ४ की सदस्य दुर्गा पोख्रेल ढुङ्गेलले जानकारी दिइन् ।
स्थानीय प्रगतिशील आमा समुहका सदस्यहरूले आमा शीर्षक नामक सडक नाटक प्रदर्शन गरेका हुन । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।





































