आगामी फागुन १९ मा दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बक्सअफिसमा आमनेसामने हुँदैछन् । यी दुई फिल्मको भीडन्तको चर्चाले सिंगो फिल्म क्षेत्रको ध्यान तानिएको छ । त्यसमाथि देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने अडान लिएपछि विरोधको आवाज समेत सुनिन थाल्यो।

IMG_20230121_123554

क्यूएफएक्सले ‘छड्के २’लाई धकेल्न हरेक प्रयास गरेको थियो  तर निर्माता र वितरक टसमस नभएपछि अब फागुन १९ मा दुवै फिल्म लगाउने निर्णयमा क्यूएफएक्स पुगेको छ । यसका सञ्चालकमध्येका भाष्कर ढुंगानाले दुवै फिल्मका निर्माताले आफूहरुको आग्रह नमानेका कारण अब दुवै फिल्म रिलिज हुने जानकारी दिए । ढुंगानाले भने, ‘निर्माता तयार छन् भने हामी पनि तयार छौं ।’

बिहीबार ‘छड्के २’का वितरक सुनिल मानन्धरलाई क्यूएफएक्सको म्यानेजमेन्ट टिमले छलफललाई बोलाएका थियो । उनले फागुन १९ बाट फिल्म नसार्ने अडान लिएपछि क्यूएफएक्सले दुवै फिल्म रिलिज गर्ने निर्णय गरेको हो । मानन्धरले भने, ‘उहाँहरुले कहिल्यै मलाई क्यूएफएक्स चेनमा ‘छड्के २’ चलाउँदैनौं भनेर भन्नुभएको थिएन । हिजोको छलफलमा फिल्म रिलिज गर्छौं भनेर भन्नुभयो ।’

Screenshot_2023-01-21-12-35-25-62_92460851df6f172a4592fca41cc2d2e6

निर्मातालाई सर्वाधिक शेयर दिने क्यूएफएक्सले बाटो खुल्ला गरेपछि अब ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को भिडन्त टर्ने सम्भावनाको पनि अन्त्य भएको छ । तर, दुवै फिल्म एकसाथ आउँदा घाटा दुवैलाई हुनेछ । दर्शकसँगै हल पनि बाँडिने भएकाले इनिसियल व्यापार दुवैको अपेक्षाकृत नहुन सक्छ । बक्सअफिसमा कुन लामो रेसको घोडा बन्ने भन्ने चाहिँ ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ ।