इलाम— इलामको जौबारी तुम्लिङफाटक सीमाबाट अवैधरुपमा नेपाल भित्रिएका सामान बरामद भएको छ। 

सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले चेकजाँचका क्रममा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

Saman_Baramad_Ilam2

बरामद गरिएका सामग्रीहरूमा २७ हजार मूल्य बराबरको गमबुट, १२ हजार रुपैयाँ मूल्य बराबरको चामल, चार हजार मूल्यको पार्लेजी बिस्कुट, आठ हजार रुपैयाँ बराबरको बिँडी, युरिया मल, भाडा धुने सावुन तथा तीन लाख ३१ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका रक्सी तथा १० लाख रुपैयाँ बराबरको दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी नायव उपरीक्षक हेमबहादुर श्रेष्ठको नेतृत्वमा सीमा क्षेत्रको सुरक्षार्थ परिचालित टोलीले अवैध रुपमा भित्रँदै गरेको सामान बरामद गरेको हो ।