काठमाडौँ- गएको असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, घर भइ सल्यानिभीरमा मृत फेला परेका ४१ वर्षीय गणेश पाठकको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, बस्ने वर्ष १९ को रुजन श्रेष्ठ रहेका छन्।वारदात पश्चात फरार रहेका उनको खोजतलास गर्दा भक्तपुरको सूर्यविनायक-८,दार्जिलिङ हाईटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। श्रेष्ठमाथि आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ।





































