काठमाडौं–विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउन कोशी प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले यो जानकारी दिएका छन्।
यस निर्णयसँगै प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन्।





































