काठमाडौं– भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतले २०६० सालमा भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरेको हो।
पशुपति क्षेत्र विकास कोषले २०८० सालको साउन १७ गते मारवाडी सेवा समितिसँगको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो। समितिले 'करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ' भनी अदालतमा मुद्दा दायर गरेको थियो, तर अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ।
यस निर्णयले काठमाडौँको गौशालास्थित ९ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको फैसले पशुपतिनाथको सम्पत्ति फिर्ता भएको जानकारी दिए। उनले भने, 'अब धर्मशालालाई धार्मिक प्रयोजनका लागि प्रयोग गरिने छ।'
मारवाडी सेवा समितिले होटेल, लज, रेस्टुरेन्ट, र डायलिसिस सेन्टर सञ्चालन गरी करोडौँ रुपियाँ आम्दानी गर्दै आएको थियो। गोरखापत्रबाट






































