काठमाडौं— गत चैत तीनकुनेमा भएको राजावादी प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन्। परीक्षा दिनेमा भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन्।
आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि उनीहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
काठमाडौं प्रहरी मातहतका युनिटमा रहेकाहरु पनि कतिपयको कक्षा १२ को परीक्षा रहेछ, त्यही अनुसार परीक्षा बोर्डसँग समन्वय गरेर यहीँ परीक्षा दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी छन् ।’