पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय  श्रृंखला हो। यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ ।

 केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए । अब निर्माण पक्षले हालै पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेको छ। अब हामी भन्ने छौं कि यो शृङ्खला कहिले र कहाँ हेर्न सक्नुहुन्छ ? 

तपाईलाई बताउ कि हालै निर्माताहरूले फ्यानहरूलाई जुलाई २ को निर्धारित मिति भन्दा पहिले पञ्चायत रिलिज गर्नका लागि भोट गर्न आग्रहसमेत गरेका थिए। एकै समयमा, फ्यानहरूले चौथो सिजनको प्रारम्भिक रिलिजको लागि मतदान गरेर रेकर्ड नै तोडि दिएका थिए । प्राइम भिडियोले एउटा क्लिप सार्वजनिक गरेको थियो जसमा लेखिएको थियो,  ‘भोटको लागि धेरै धन्यवाद, फुलेराका मानिसहरूलाई भेट्न तयार हुनुहोस्, नयाँ सिजन चाँडै आउँदैछ।’

यस्तो अवस्थामा बाचा बमोजिम निर्माताले पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेका छन् । अब तपाइँ यो श्रृंखला २४ जुन देखि हेर्न पाउनु हुनेछ। निर्माण पक्षले ट्रेलरसँगै रिलिज मिति पनि घोषणा गरेको छ । 

क्याप्सनमा लेखिएको छ, ‘मतदान सुरू सुरु भएको छ, मत कसलाई मञ्जु देवी वा क्रान्ति देवी ? प्राइम भिडियोमा २४ जुनदेखि पञ्चायतमा छनोट गर्न सकिनेछ ।’

निर्माण पक्षले पञ्चायतः ४ को ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरले दर्शकको मन जितेको छ। ट्रेलरमा फुलेरा गाउँमा चुनावलाई लिएर वातावरण तातेको र मञ्जुदेवी र क्रान्तिदेवीको पार्टीले जितका लागि हरसम्भव प्रयास गरिरहेको देखाइएको छ । कार्यक्रममा फेरि एकपटक भावनाका साथसाथै हल्का हाँस्यको स्पर्श पनि छ । समग्र ट्रेलर आउने बित्तिकै भाइरल भएको छ । 

‘पञ्चायत सिजन ४’ मा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, चन्दन रोय, फैजल मलिक, दुर्गेश कुमार, पंकज झालगायतका कलाकार पनि मुख्य भूमिकामा छन् । यो शृङ्खला द भाइरल फिभरद्वारा निर्मित र दीपक कुमार मिश्रा र चन्दन कुमार (सह लेखक) द्वारा निर्माण गरिएको हो। शोलाई दीपक कुमार मिश्रा र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन् ।