काठमाडौं— रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक तथा आत्मपीडायुक्त लामो स्टाटस लेख्दै आफूमाथि भएको अन्याय र पीडाका विषयमा खुलस्त रुपमा धारणा राखेपछि सम्पर्कविहीन भएका हुन् ।

स्टाटसमा डा. श्रेष्ठले आफूमाथि राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधीबाट सहन नसकेको उल्लेख गरेका छन्।

रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने लक्ष्यमा लाग्दा विभिन्न स्वार्थ समूह र प्रभावशाली व्यक्तिहरूले झूठा आरोप, धम्की र अनावश्यक सरुवा प्रक्रिया थोपरेको उनको आरोप छ।

उनले अस्पताल प्रमुखका रूपमा कार्यरत रहँदा केही कर्मचारीहरूलाई अनुशासनमा ल्याउन स्पष्टीकरण सोधिएको र त्यसको बदलामा राजनीतिक नेताहरूले हस्तक्षेप गरी सरुवा गराएको उल्लेख गरेका छन। स्टाटसमा उल्लेख भएअनुसार, कार्यालयमै धम्की, १६ वटा टाका लागेको अवस्थामा परिवारसहित रातारात काठमाडौं आउन बाध्य, र मन्त्रालयस्तरबाट सुनुवाइसमेत नभएको अवस्थाले उनलाई मानसिक रूपले विचलित बनाएको छ।

फेसबुक स्टाटसको अन्तिम भागमा डा. श्रेष्ठले आमाबाबु, श्रीमती, छोरीलगायत परिवारसँग माफी माग्दै आफू आत्महत्या गर्न बाध्य भएको अनुभूति व्यक्त गरेका छन् । यो अभिव्यक्ति अत्यन्त गम्भीर र संवेदनशील मानिँदै आएको छ। उनको यो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चिकित्सक समुदाय, नागरिक समाज तथा आम जनताबाट गहिरो चिन्ता, सहानुभूति र खोजीको माग उठेको छ।

स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन र नेपाल प्रहरीले तुरुन्त डा। श्रेष्ठको अवस्थाबारे जानकारी लिई खोजी तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने मागसमेत भइरहेको छ। स्वास्थ्य क्षेत्रमा इमानदारीपूर्वक सेवा दिने चिकित्सकमाथि यस्तो व्यवहार हुनु प्रशासनिक र मानवीय दृष्टिकोणले गम्भीर प्रश्न उठाउने विषय भएको भन्दै विभिन्न तहबाट छानबिनको मागसमेत गरिएको छ।

उनको स्टाटस

cn9scj78