काठमाडौं— खाली पेट स्वस्थकर खानेकुराहरू खानु शरीरका लागि निकै लाभदायक हुन सक्छ। बिहान उठेपछि वा लामो समय खाली पेट रहँदा के खानुपर्छ भन्ने कुरा पाचन प्रणाली, ऊर्जा स्तर, र समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ।खाली पेट स्वस्थ राख्न सही खाना खानु महत्त्वपूर्ण हुन्छ। बिहान खाली पेट यी खानेकुरा खानु राम्रो मानिन्छ:
१. मनतातो पानी वा कागती पानी: पाचन प्रणालीलाई सफा गर्छ, शरीरलाई हाइड्रेट गर्छ, मेटाबोलिजम बढाउँछ ।
२. भिजाएको बदाम वा चना: प्रोटिन र फाइबरले भरपूर, उर्जावान बनाउँछ, पेटलाई हल्का राख्छ ।
३. मह मिश्रित पानी: पेट सफा गर्छ, बोसो कम गर्न मद्दत गर्छ, इम्युनिटी बढाउँछ ।
४. एप्पल भिनेगर पानी: एसिडिटी कम गर्छ, पेटका लागि राम्रो, तौल घटाउन सहयोगी ।
५. केरा: पाचनका लागि राम्रो, झाडापखाला वा ग्यास्ट्रिक हुनेहरूका लागि उपयुक्त।
६. दही वा मोही: पेटलाई शान्त पार्छ, ग्यास र एसिडिटी कम गर्छ ।
७.ओट्स वा चिउरा: फाइबरयुक्त भएकाले पाचन सुधार्छ, तौल नियन्त्रण गर्न सहयोग गर्छ
यी खानेकुरा बिहान खाली पेट खानु लाभदायक हुन्छ। तर, कफी वा चिया खाली पेट नखानु राम्रो, किनभने यसले एसिडिटी बढाउन सक्छ।