काठमाडौं— इजरायलले इरानको एक टेलिभिजन स्टेशनमा गरेको आक्रमणमा परी त्यहाँका समाचार सम्पादकसहित २ जनाको मृत्यु भएको छ ।
इरानको राज्य सञ्चालित समाचार एजेन्सी इरनाले एकजना पत्रकार र एक महिला कर्मचारीको इजरायलले हत्या गरेको जनाएको छ ।
इजरायलले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङमा गरेको आक्रमणमा समाचार सम्पादक निमा रजबपुर र प्रशासनिक कर्मचारी मासुमेह अजिमीको मृत्यु भएको इरानाले जनाएको छ।
टेलिभिजनमा लाइभ समाचार चलिरहेका बेला ठूलो विष्फोट भएको थियो ।