कञ्चनपुर— भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका बर्दियाका एक व्यक्तिमा कोरोना पुष्टि भई गम्भीर अवस्थामा महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

जेठ २१ देखि असार ४ सम्म भारतबाट फर्किएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा १६ जना निको भइसकेका छन् भने सातजना होम आइसोलेसनमा छन्।

सीमा नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको एन्टिजेन परीक्षण हुँदै आएको छ। स्वास्थ्यकर्मीहरूद्वारा मास्क, स्यानिटाइजरको प्रयोग र क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।