कैलाली— जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने २५ वर्षीया तुलसी नाथ मृत फेला परेकी छन् । नाथ मृत भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेको जानकारी दिए ।

नाथ घर नजिकै मृत फेला परेकी हुन् । मृतक नाथको १६ दिनको नवजात शिशु भने सकुशल अवस्थामै भेटिएका छन् ।