काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ ।
आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो ।
नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।
यस्तै, तेसा्रे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएको थियो ।
उक्त सिरिजमा नेपाल, नेदरल्यान्ड्स, स्कटल्याण्डको समान ४–४ अंक हुदाँ पनि नेट रनरेटको आधारमा सिरिज स्कटल्याण्डले जितेको थियो ।