काठमाडौं—  इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि न्युयोर्क र वासिंगटन डिसीसहित केही ठूला शहरमा सुरक्षा बढाइएको छ ।न्युयोर्क प्रहरी विभागले इरानको अवस्थाबारे निरन्तर निगरानी राखेको बताएका छन् ।

यस्तै वासिंगटन डिसीको महानगर प्रहरीले अवस्थाबारे जानकार रहेको भन्दै गुप्तचर एजेन्सीसँग मिलेर गोप्य जानकारीहरू संकलन गरिरहेको जनाएको छ । यस्तै अमेरिकाका धार्मिक स्थलमा पनि सुरक्षा बढाइएको छ । 

इरानले अमेरिकाले इरानमाथि हमला गरेमा अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाउने बताएको थियो । इरानले अमेरिकी हमलासँगै अब कूटनीतिक वार्ताको कुनै अर्थ नभएको बताइसकेको छ ।

विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणपछि कूटनीतिको अर्थ नभएको बताएका हुन् । उनले कूटनीतिको ढोका सधैँ खुला हुनुपर्ने तर अब यस्तो अवस्था नभएको उल्लेख गरेका छन् ।