काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले जनाएको छ।
प्राविधिक प्रक्रिया पूरा गरी बोर्डले आज निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ । एसईई २०८१ को परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरका २,००० भन्दा बढी परीक्षा केन्द्रहरूमा एकैसाथ सञ्चालन गरिएको थियो। यस वर्ष देशभरबाट करिब ५ लाख २७ हजार विद्यार्थी सहभागी भएका थिए।
विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, वेबसाइट र मोबाइल एप्समार्फत प्राप्त गर्न सक्नेछन्। बोर्डले नतिजा प्रकाशित हुने वेबसाइट र एसएमएस सेवा प्रदायकहरूको विवरण सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ।