काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ / १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

इच्छुक विद्यार्थीहरूले असार १८ देखि २७ सम्म अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ ।

WhatsApp-Image-2025-07-02-at-12.44.13-PM