नयाँ दिल्ली — दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगु संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी अहिले अस्पतालमा उपचाररत छन् र जुलाई २० मा डिस्चार्ज हुने अनुमान गरिएको छ। परिवारका सदस्यहरू उनलाई साथ दिइरहेका छन्।
इन्स्टाग्रामको एक पोस्टमार्फत उनलाई डेंगु भएको दाबी गरिएको छ, तर विजय वा उनको टिमले औपचारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्।
यसअघि उनलाई अवैध सट्टेबाजी एपहरूको प्रचार गरेको आरोपमा पनि मुछिएको थियो। हैदराबाद प्रहरीले दर्ता गरेको उजुरीका आधारमा ईडीले जुलाई १० मा उनलाईसहित २९ जना सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको हो।
विजय देवरकोन्डा चाँडै नै फिल्म ‘किंगडम’ मार्फत पर्दामा देखिँदैछन्। यो फिल्म जुलाई ३१ मा रिलिज हुने तयारीमा छ।