काठमाडौं — बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान आज दिउँसो राजधानी ढाकाको उत्तरा क्षेत्रस्थित दियाबारीमा दुर्घटनाग्रस्त भएको छ।
विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेपछि विद्यार्थीहरू भागदौड गर्दै ज्यान जोगाउने प्रयासमा देखिएका थिए।
हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्। चिनियाँ निर्मित एफ–७ विमान बंगलादेश वायुसेनाले प्रशिक्षणका लागि प्रयोग गर्दै आएको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको र केही घाइते भएको बंगलादेश सेनाका अधिकारी तथा अग्निनियन्त्रक विभागले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।





































